आर्मीका प्रशिक्षकले भने: ‘इमेच्युर रेफ्री’का कारण खेलाडीलाई रेड कार्ड

आर्मीका प्रशिक्षकले भने: ‘इमेच्युर रेफ्री’का कारण खेलाडीलाई रेड कार्ड

२९ पुस २०७६ काठमाडौं : त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले रेफ्रीका कारण आजको म्याचमा आफ्ना खेलाडीले रेड कार्ड खाएको बताएका छन्।

शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार आर्मी र संकटाबीच १–१ गोलको बराबरी भएको थियो । खेलका क्रममा आर्मीका एक खेलाडीले दोहोरो पहेलो कार्ड (रेड कार्ड)पाएपछि आर्मी १० खेलाडीमा सिमित हुन पुग्यो। १० खेलाडीमा सीमित भएलगत्तै १ गोलको अग्रता लिएको आर्मीले पेनाल्टी एरिया भित्र फल गर्न पुग्यो र पेनाल्टी मार्फत एक गोल खादै १-१ को बराबरी खेल्यो। यसै बिषयलाई लिएर आर्मीका प्रशिक्षक न्यौपानेले रेफ्रीको निर्णयमा असन्तुष्टि राखे ।

उनले भने, ‘यो लेभलको टफ म्याचहरु भइरहेको छ । तर रेफ्रीको निर्णय एकतर्फी देखियो। ‘युद्ध शाहीले पहिलो पहेँलो कार्ड पाइसकेकाले एक पटक चेतावनी दिन सकिन्थ्यो’ ‘खेलाडी घाइते नै हुने गरी फल गरेको भए पनि रातो कार्ड दिँदा सन्तुष्ट हुन्थे तर त्यो ५०-५० को बल थियो । ठूलो फल पनि थिएन ।’

खेलको ५४ औं मिनेटमा युद्धले संकटाका लक्ष्मण रुचाललाई फाउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले शाहीलाई दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड देखाएका थिए । त्यसपछिकै बलमा शंकटाले पेनाल्टी पायो र त्यसैमा अमित तामाङले गोल गरे । ‘वान म्यान डाउन हुँदा उनीहरुले चाँडै बल चलाए र त्यही प्रेसरमा ह्याण्ड भयो । उनीहरुले पेनाल्टी पाए’ उनी भन्छन्, ‘त्यो नै टर्निङ प्वाइन्ट भयो ।’

‘बी सी डिभिजन खेलाएका रेफ्रीले यस्तो टफ म्याच खेलाउन हुँदैन जस्तो लाग्छ’ उनले भने, ‘यहाँ लिग भइरहेको छ, एन्फाले मुख्य रेफ्री यहा सुरक्षित राख्नु पर्थ्यो ।’

लिगको महत्वपूर्ण खेलहरु खेलाउनुपर्ने रेफ्री सुदिश पाण्डेलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगबन्धु गोल्डकप खेलाउन बंगलादेश पठाएको भन्दै उनले असन्तुष्टि जनाए ।

यो बराबरीले आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमायो । समान १३ अंक जोडे पनि गोल अन्तरका आधारमा मछिन्द्र शीर्ष स्थानमा छ । तर आर्मी अझै उपाधि होडमा छ ।

‘हामी उपाधि होडमा अझै छौं । यसलाई कायम राख्न आगामी खेलमा कसरी अगाडि बढ्ने भनेर योजना बनाउँछौं’ आर्मीका प्रशिक्षक न्यौपानेले भनेका छन् ।

आर्मीसँग अंक खोस्न सफल भएकोमा संकटाका प्रशिक्षक विजय महर्जन भने नजिताबाट सन्तुष्ट देखिए । उनी रेफ्रीको निर्णय’bout भने खुलेर बोल्न चाहेनन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ