खेलकुदफुटबल

बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको स्पेनिस सुपर कपको फाईनलमा

बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको स्पेनिस सुपर कपको फाईनलमा

२५ पौष २०७६ एजेन्सी: बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमीफाइनल खेलमा बार्सिलोनालाई ३-२ ले पराजित गर्दै एट्लेटिको मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको छ ।

एट्लेटिको मड्रिडलाई जित दिलाउन कोकी क्लिनिकले,अल्भरो मोराटा र कोरियाले गोल गरेका थिए भने बार्सिलोनाबाट लागि मेस्सी र एन्टोनी ग्रिजम्यान गोल गरेका थिए तर जित भने दिलाउन सकेनन् । ४६ औ मिनेटमा कोकी क्लिनिकले गोल गर्दै एट्लेटिको मड्रिडलाइ अग्रता दिलाएका थिए । यो गोल दोस्रो हाफको २५ सेकेन्डमै भएको थियो । त्यसपछि बार्सिलोनाका कप्तान मेस्सीले ५१ मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए । ६२ औ मिनिटमा एन्टोनी ग्रिजम्यान गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । पूर्व क्लब बिरुद्ध एन्टोनी ग्रिजम्यानले पहिलो गोल गरेका थिए ।

एट्लेटिकोका अल्भरो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याउन सफल रहे । खेल सकिन ४ मिनेट बाँकी छँदा कोरियाको गोलको मदतले एट्लेटिको मड्रिडले गर्दै बार्सिलोनालाई पराजित गर्न सफल भयो ।

अब एट्लेटिको मड्रिडले १२ जनवरीमा रियालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *