खेलकुदफुटबल

ए डिभिजन लिग: पहिलो हाफमा संकटा २-० ले अघि

ए डिभिजन लिग: पहिलो हाफमा संकटा २-० ले अघि

२४ पौष २०७६ काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले गत सिजनको उपविजेता संकटा र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा गत सिजनको उपविजेता संकटा २-० को अग्रता बनाएको छ ।

खेलको १९ औं मिनेटमा लक्ष्मण रुचालले फ्रिकिकमा गोल गर्दै संकटालाई पहिलो गोल गरेका थिए भने दोस्रो गोल ४४ मिनेटमा कर्ण सुब्बाले गरेका थिए । कर्णको यो संकटाको लागि पहिलो गोल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *