बस दुर्घटना हुँदा कांग्रेस नेताको ज्यान गयो: कैयौँ कांग्रेस नेता घाइते

बस दुर्घटना हुँदा कांग्रेस नेताको ज्यान गयो: कैयौँ कांग्रेस नेता घाइते

२२ पुस २०७६ जलेश्वर : नेपालको पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान भएको बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको ज्यान गएको छ ।

महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् । काठमाडौंबाट महोत्तरी आउँदै गरेको ना५ख ६४११ नम्बरको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नम्बरको ट्रकलाइ ठक्करदिँदा दुर्घटना भएको थियो ।

मंगलबार बिहान ५ बजे भएको सो दुर्घटनामा परी नेता राय गम्भीर घाइते भएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको तर त्यहाँका चिकित्सकले त्यहाँ उपचार हुन नसक्ने बताएपाछिन थप उपचारकालागी विराटनगरस्थित नोबेल अस्पतालमा पुर्‍याइएको र सो अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ बजेतिर चिकित्सकले मृत घोषणा गरेको थियो ।

नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए भने उनले प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यसैगरी सोही दुर्घटनामा परी १८ जना अन्य कांग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घाइते भएका छन् भने उनीहरुको उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ