समाचार

सेना भित्रका दुराचारीहरु

सेना भित्रका दुराचारीहरु

नेपाली सेनाका वरिष्ठ अधिकारी प्रेम थापाले आफ्नै साथीको छोरिलाइ योन दुर्व्यवहार गर्न खोज्दा
सेनाको महासेनानी पदबाट बर्खास्त गरिएको छ । महासेनानी प्रेम थापापछि फेरी सेनाकै पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा सेनाबाट बर्खास्त भएका छन् ।

मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एक महिलासँग फेसबुकमा नांगिने क्रममा उनकी छोरीले देखेपछि आफ्नै बाउलाई उजुरी हालेकी थिईन् । तेही उजुरी कारण मेजर घटुवामा परेका थिए । घटुवामा परेका मेजरले पछि राजीनामा दिए ।

सैनिक हस्पिटल छाउनीमा कार्यरत कुमाल थरकी महिला सिपाहीसँँग शारीरिक सम्बन्ध राखे पछि जमदार उत्सव महरासहित दुई जनाको जागिर गएको छ । जागिर जानुका साथै ३-३ महिनाको जेल सजाय भएको छ । सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले भर्खरै राजीनामा दिएका छन्। दीप सिंहले अझै ३ वर्ष सेवा अवधि बाँकी छँदै किन राजीनामा दिए होलान् त् ?

यसैबीच, पूर्व सेनापति रुक्मांगद कटवालको छोरा प्रमुख सेनानी सुमांगतको नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको अभियोग जागिरबाट बर्खास्त गरिएको छ । यो घटना पछि इण्डियाबाट सर्टिफिकेट ओसार्ने अन्य अधिकृतलाई पनि खतराको घण्टी बजेको छ । यसै सिलसिलामा प्रमुख सेनानी अमरसिंह थापा र सुजित खड्काको जागिर जाने पक्का भएको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *