सन् २०१९ मा बलिउडमा डेब्यु गरेका ६ कलाकार

सन् २०१९ मा बलिउडमा डेब्यु गरेका ६ कलाकार

सन् २०१९ मा बलिउडमा केहि नँया कलाकारले डेब्यु गरेका छन् । केहि ठुला हस्तीका छोरा छोरिहरुले पनि सन् २०१९ मा बलिउडमा डेब्यु गरेका छन् । यी हुन् सन् २०१९ मा बलिउड डेब्यु गरेका कालाकारहरु

अनन्य पाण्डे : २१ बर्षीय अनन्य कलाकार पाण्डे चंकी पाण्डेकी छोरि हुन् । यो बर्ष अनन्य पाण्डेको २ वटा फ्लिम रिलिज भएको छ । ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउड डेब्यु गरेकी अनन्यको दोस्रो फिल्म ‘पति पत्नी और वो’ थियो । अहिले अनन्य पाण्डे अभिनेता इशान खट्टरका लागि तेस्रो फिल्म ‘खाली–पीली’ को छायांकनमा व्यस्त छिन् ।

प्रनुतन बहल: प्रनुतन बहल अभिनेत्री नुतनकी नातिनी हुन भने अभिनेता मोहनीश बहलकी छोरी हुन् । प्रनुतन बहलको डेब्यु फिल्म ‘नोटबुक’ रहेको थियो । प्रनुतन बहल सलमान खानको प्रोडक्शनमा बनेको फिल्म ‘नोटबुक’ मार्फत सलमानले उनिलाइ डेब्यु गरएका थिए । प्रनुतन बहल गरेको डेब्यु फिल्म फ्लप भएको छ । फिल्म फ्लप भएपनि प्रनुतन बहलको अभिनयको धेरैले तारिफ गरेका थिए । हाल उनी ‘हेलमेट’को सुटिङमा व्यस्त छिन् ।

सिद्धान्त चतुर्वेदी:सिद्धान्त चतुर्वेदीले चर्चित फ्लिम गली ब्वाय’ बाट बलिउड डेब्यू गरेका थिए । डेब्यु फ्लिमबाटै सिद्धान्त चतुर्वेदीले अवार्ड हात परेका थिए । सिद्धान्त चतुर्वेदीलाई फिल्म ‘बन्टी और बब्लीका अनुबन्धित गरिएको छ ।

सई मान्ज्रेकर:सई मान्ज्रेकर अभिनेता तथा फिल्म निर्देशक महेश मान्ज्रेकरकी छोरी हुन् । सई मान्ज्रेकर ‘दबंग ३’ मार्फत बलिउड डेब्यू गरेकी छिन् ।

तारा सुतारिया: २४ बर्षीय तारा सुतारियाले स्टूडेन्ट अफ दि इयर २’बाटै बलिउडमा डेब्यू गरेकी छिन् । तारा सुतारिया मरजावाँ भन्ने चलचित्रमा पनि काम गरिसकिन ।

करण देवल: करण देवल सनी देवलका छोरा हुन् । ‘पल पल दिल के पास’ फ्लिम मार्फत करण देवल डेब्यू गरेका थिए । करण देवलको डेब्यू फिल्म पनि फ्लप भयो भने करणको अभिनयमा पनि आलोचना भयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ