राजनितीसमाचार

सीपी गजुरेल पक्राउ

सीपी गजुरेल पक्राउ

१३ पुस २०७६ काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेललाइ प्रहरीले पक्राउ गरेको छ । उनलाई सिंहदरबार गेटबाट पक्राउ गरिएको हो।

गजुरेलसहित क्रान्तिकारी माओवादीका केहि कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित केहि कार्यकर्ता प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले गजुरेल पक्राउको पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि ढु‌ंगामुढा हुँदा २ जना प्रहरीसमेत घाइते भएका छन् ।

घाइते भएका प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीको दुई मोबाइल पनि हराएको छ ।’

घटनापछि प्रहरीले गजुरेलसहित १० भन्दा धेरै नेता तथा कार्यकर्तालाइ पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *