अन्तरास्ट्रिय

पाकिस्तानले दियो भारतलाई परमाणु युद्धको धम्की

पाकिस्तानले दियो भारतलाई परमाणु युद्ध गर्ने धम्की

२ पौष २०७६ एजेन्सी : लामो समय देखि एकअर्काका दत्तर दुश्मन बन्दै आएका दुइ देश भारत र पाकिस्तान बीच पछिल्लो समय तिक्तता झनै बढेर गएको छ। यसै बीच पकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतलाई फेरी परमाणु युद्धको गर्न सक्ने धम्की दिएका छन् ।

भारतले पछिल्लो समय जारि गरेको नागरिकता सम्बन्धि बिधेयकका बिषयमा बोल्दै जेनेभामामा चलिरहेको ग्लोबल रिफ्यूजी फोरममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने,‘भारतले हाल जारि गरेको नागरिकता संशोधन कानूनले दक्षिण एसियामा सरणार्थी संकट खडा हुने मात्रै नभएर यसैका कारण परमाणु सम्पन्न देशकाबीच संघर्ष पनि सुरु हुन सक्छ ।’

इमरानको यो भनाई आए लगत्तै भारतको विदेश मन्त्रालयले तत्काल जवा फर्काउदै भनेको छ,‘पाकिस्तानका प्रधानमन्त्रीले एक पटक फेरी भारतको आन्तरिक मामिलामा निराधार बयान दिएर आफ्नो संकीर्ण राजनीतिक एजेन्डालाई बढाउनका लागि बहुपक्षिय मञ्चमा झुठको सहारा लिएका छन् ।’

इमरान खानले भनेका छन्,‘कश्मीरमा कफ्र्यू र भारतमा नयाँ नागरिकता कानुनका कारण लाखौँ मुसलमान भारतबाट पलायन हुन सक्छन् । यसले विश्वभरीमा शरणार्थी संकट बढ्छ र यसको अगाडि अन्य सबै संकट कम हुन सक्छ ।’

यसको प्रति उत्तरमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले यो उनीहरुको बानी भएको र विश्वव्यापी मञ्चको दुरुपयोग भएको बताए । उनले भने,‘पाकिस्तानले विगत ७२ वर्षदेखि लगातर सबै अल्पसंख्यकको उत्पीडन गर्दै आएको छ र यो मध्ये अधिकांश मानिस भागरे भारत आउन बाध्य भएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *