देशसमाचार

आजको मौसम: आज भारी हिमपात र वर्षा हुने सम्भावना

आजको मौसम: आज भारी हिमपात र वर्षा हुने सम्भावना

२७ मङ्सिर २०७६ काठमाडौँ: आज देशभर भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमि भु-भागका केहि स्थानमा हावा हुरि आउने पनि संभाबना रहेको छ।

राती: देश भर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ। मौसमविद् प्रधानांगका अनुसार आज बिहानै लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस पुगेकाे छ। यसअघि उपत्यकाे न्यूनतम तापक्रम ४‍.४ डिग्रीसम्म झरेको थियाे।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श: पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागमा भारि हिमपात साथै मध्य तथा पूर्वि उच्च पहाडि सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेकाले बिशेष गरी पश्चिमि उच्च पहाडि सहित हिमाली भु-भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *