पेट्रोल र डिजलको मूल्यमा वृद्धि

पेट्रोल र डिजलको मूल्यमा वृद्धि

१६ मंसिर २०७६ काठमाडौं : नेपाल आयल निगमले मूल्य समायोजन गर्दै पेट्रोल, डिजल र मट्टितेलको मुल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मुल्यमा वृद्धि भएर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

मूल्य समायोजन पछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।

यो पनि पढ्नुहोस:-  चैतमा तिर्नुपर्ने बैंकको किस्ता रकम असार मसान्तसम्म भुक्तानी गर्दा सुल्क नलाग्ने

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ