राजनितीसमाचार

धरान उपमहानगरपालिकामा अहिलेसम्म को कति अगाडी ?

धरान उपमहानगरपालिकामा अहिलेसम्म को कति अगाडी ?

१५ मंसिर २०७६ काठमाडौं : धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणनाका क्रममा नेकपा र नेपाली कांग्रेस बीच कडा टक्कर सुरु भएको छ ।

यहाँ नेकपा उम्मेदवारले कांग्रेस उम्मेदवारलाई भिनो मतले मात्र पछि पारेका छन्। अहिले सम्म धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपाका उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले कडा टक्कर दिदै मात्र १७ मत कम अर्थात २२९२ मत पाएका छन् ।

३ वटा वडाको मतगणना सकिँदा समाजवादी पार्टीले ७८ र लिम्बुवानले १३१ मत बटुलेका छन् ।

तसैगरी, अहिले उपमहानगरपालिकाको १७ वडाको मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *