राजनितीसमाचार

धुलिखेल २ र सुन्दरबजार-२ मा पनि नेकपाको जित

धुलिखेल २ र सुन्दरबजार-२ मा पनि नेकपाको जित

१४ मंसिर २०७६ काठमाडौं : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ र लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जित दर्ता गर्न सगल भएको छ ।

शनिबार भएको उपचुनावमा काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ का देव कोइरालाले ८६७ मत पाए । उनको निकतम प्रतिद्वन्द्वी कांग्रेसका दणबहादुर खत्रीले ५८२ मत पाए । राष्ट्रिय जनता पार्टीले ३२ मत पाउँदा राप्रपा संयुक्तले ६ मत पाएको छ । ३२ मत बदर भएको छ ।

यहाँ १ हजार ५०२ मत खसेको थियो ।

त्यसैगरी लमजुङको सुन्दरबजार नगरपालिका २ का नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत पाए । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाएका छन् ।

त्यहाँ नेकपाकै लोकराज पाण्डे विजयी भएका थिए । उनको पद रिक्त भएपछि उपचुनाव भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *