खेलकुद

१३ औं साग:महिला भलिबल सेमिफाइनलमा प्रवेश

१३ औं साग:महिला भलिबल सेमिफाइनलमा प्रवेश

१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको टोलि सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ ।

भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपाल उपबिजेता बनेको छ ।

भारतले २ खेलबाट ४ अंक बटुलेको छ भने नेपालले २ अंक बटुलेको छ ।
नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो।
भारतसँग भने नेपाल ३-० को सोझो सेटमै पराजित भएको थियो ।
नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ ।
नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *