खेलकुदफुटबल

१३ औं साग पुरुष फुटबल: नेपालको पहिलो खेल भुटानसँग

१३ औं साग पुरुष फुटबल: नेपालको पहिलो खेल भुटानसँग

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको खेल तालिका सुरु सार्वजनिक भएको छ ।

एन्फाले सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार नेपालले पहिलो खेल भुटानसँग डिसेम्बर ३ मा खेल्नेछ भने दुस्रो खेल डिसेम्बर ४ मा श्रीलंका, ६ मा माल्दिभ्स र ८ मा बंगलादेशसँग खेल्नेछ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा भारत सहभागी नहुने भएपछि नँया तालिका सार्वजनिक गरिएको हो ।

अब पुरुष फुटबलमा नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानमात्र सहभागी हुनेछ ।

सन् २०१६ मा भारतमा भएको १२ औं साग फुटबलमा आयोजक टोलीलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो । सागमा यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा ३ खेलाडी बढी उमेरका खेलाउन पाउने प्रावधान रहेको छ ।

पुरुष फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *