खेलकुद

१३ औं साग: भलिबलमा आज नेपालले भारतको सामना गर्दै

१३ औं साग: भलिबलमा आज नेपालले भारतको सामना गर्दै
११ मङ्सिर २०७६ काठमाडौँ: १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज भलिबल खेलमा नेपालले भारतको सामना गर्दै छ ।
भलिबलमा आज आयोजक नेपाल दोस्रो प्रतियोगिता रुपमा भारतको सामना गर्दै छ ।
महिला टिमको खेल आज दिउँसो ५  बजे रहेको छ ।
खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हिजो भएको उद्घाटन खेलमा नेपालले २५-९, २५-९, २५-११ ले बंगलादेशलाई पराजित गरेको थियो ।
पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरिन् ।

आजको खेलमा भारतलाई पराजित गर्दै नेपालले महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।भारत प्रतियोगिताकै बलियो टोलि हो ।

यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए ।

सो खेलमा भारतले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो ।
नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषदले भलिबल हेर्नका लागि टिकट मूल्य ५ सय राखिएको छ ।
टिकट इसेवाबाट किन्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *