देशराजनितीसमाचारसमाज

पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का

पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का

१० मङ्सिर २०७६ काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निबर्तमान प्रमुख आयुक्त दीप बस्न्यातले आर्थिक अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि चान्मिन प्रक्रिया अघि बढाउदै उनको सम्पत्ति रोक्का गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्नेगरी बस्न्यात, उनका नातेदार तथा व्यावसायिक साझेदारहरूमाथि छानबिनको गति तिब्र बनाएको छ । ‘सम्पत्ति अन्यत्र सार्ने सम्भावना देखिएपछि उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्राचार भइसकेको छ’, ।

प्रमुख आयुक्त हुँदा बस्न्यातले विभिन्न शीर्षकमा भ्रष्टाचार गरी छोरा कमल र व्यावासायिक साझेदार भीम रोकामार्फत रकम व्यवस्थापन गरेको समाचारमा उल्लेख छ ।

भ्रष्टाचार नियन्त्रण गर्न बनेको संवैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवत: नेपालमा यो पहिलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *