पोखराका वडाध्यक्षको घरमा बिस्फोट, गाडीमा क्षति

पोखराका वडाध्यक्षको घरमा बिस्फोट, गाडीमा क्षति

९ मंसिर २०७६ कास्की : पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ । घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट आचार्यले बताए ।

वडा नम्बर ३३ का अध्यक्ष भए पनि उनी वडा नम्बर १७ मा अवस्थित घरमा बस्दै आएका थिए । उनले गाडीमा बम नै विष्फोट भएको बताए ।

विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ । बम विष्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ