समाचारसमाज

५० हजार लिएर महतोको हत्या भएको खुलासा

५० हजार लिएर महतोको हत्या भएको खुलासा

२८ पुस २०७६ काठमाडौं : क्रसर संचालकले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्ने दिलीप(ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य खुलेको छ ।

मिथिला नपा ५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो । चुरियामाई बालुवा प्रशोधन उद्योगका मालिक विपिन महतोले दिलीपको हत्या गराएको स्रोतको दाबी छ ।

उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपीन, लोडर चालक महोतरी बर्दिबास नपा – १२ का जितेन्द्रकुमार, बर्दिबास – ९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी रोशन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए ।

टिपरले किच्नुअघि वीपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए । कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो ।

योजना बने अनुरुप नै टिपर चालकले दिलीपमाथि टिपर चलाएका थिए । किचेर हत्या गराउन क्रसरधनी विपीनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए । अन्नपुर्णपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *