खेलकुद

१३ औं साग: स्वर्ण पदकका लागि भारत र नेपाल भिड्दै

१३ औं साग: स्वर्ण पदकका लागि भारत र नेपाल भिड्दै
१७ मङ्सिर २०७६ काठमाडौँ: महिला भलिबलमा स्वर्ण पदकका लागि आज भारतले नेपालसँग खेल्ने भएको छ । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको टोलि श्रीलंकालाई ३-० को ओझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ भने भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले पहिलो सेट २५-१४ जित दर्ता गरेको थियो भने दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ जित्न सफल भएको थियो ।
भारतले भने पहिलो सेटमा २५–१४ दुस्रो सेटमा दोस्रो सेट २५-०६ र अन्तिम तेस्रो सेटमा २५ – १७ जित दर्ता गरेको छ ।
सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक काश्य पदक जितेको थियो ।
अब नेपाले आज मंगलबार स्वर्णपदकको लागि भारतसँग खेल्दै छ । खेल ४ बजे देखिसुरु हुनेछ । पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि खेल्नेछ । खेल १ बजे हुनेछ ।
राष्ट्रिय खेलकुद परिषदले भलिबल हेर्नका लागि टिकट मूल्य एक हजार राखिएको छ ।
टिकट इसेवाबाट किन्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *