समाज

स्वस्थानी व्रत आजबाट शालीनदी मेला सुरु

स्वस्थानी व्रत आजबाट शालीनदी मेला सुरु

२५ पुस २०७६ काठमाडौं : हरेक वर्षको हिन्दुहरुले मनाउने श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । हिन्दु धर्मावलम्बीहरुले हरेक पौष शुक्ल पूर्णिमाका दिन देखि मनाउन सुरु गर्छन।

एक महिनासम्म चल्ने यो ब्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने चलन छ । स्वस्थानीको व्रत र कथाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास समेत रहेको छ ।

प्रत्येक बर्ष स्वस्थानी ब्रत सुरु भएपछी काठमाडौंको शालीनदीमा लाग्ने मेला आजबाट सुरु भएको छ ।

मेलामा राखिएका विभिन्न पसलबाट पसलले जथाभावी रूपमा पैसा लिने गरेकाले सतर्क रहन उपस्थित भक्तजन हरुलाई सहयोग होस् भनेर समितिले यस वर्ष समिति तथा उपसमिति बनाएर बजार व्यवस्थापनको अनुगमन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *