खेलकुदफुटबल

समुह विजेता बन्दै बार्सिलोना नकआउट चरणमा

समुह विजेता बन्दै बार्सिलोना नकआउट चरणमा

१२ मङ्सिर २०७६ एजेन्सी: हिजो राति भएको खेलमा बार्सिलोना समुह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ३-१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले डर्टमन्डलाई ३-१ ले पराजित गरे पछि समूह ‘एफ’ बाट एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो ।

खेलको २९ औँ मिनेटमा स्वारेजले बार्सिलोनाको लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यस्पछि ३३औं मिनेटमा सुआरेजको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाका लागि खेलको ६७ औँ मिनेटमा ग्रिजम्यानले गोल गरे ।

खेलको ७७ औँ मिनेटमा जेडोन सान्चेजले बोरुसियाका लागि एकमात्र गोल गरे ।

बार्सिलोनासँगको हारसँगै डर्टमन्डको नकआउट चरणमा पुग्ने सम्भावना यथावतै छ । जित निकाल्न सकेको भए डर्टमन्डले नकआउटको यात्रा तय गर्ने थियो । डर्टमन्डको ५ खेलबाट ७ अंक छ ।

समुह चरणको अन्तिम खेलहरु अझ बाकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *