समाज

महाकाली अस्पतालको शौचालयमै जन्मियो नवजात शिशु

महाकाली अस्पतालको शौचालयमै जन्मियो नवजात शिशु

२० माघ २०७६ कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पतालको शौचालयबाट प्रहरीले नवजात शिशुको उद्दार गरेको छ ।

गएराति अस्पतालको शौचालयमा जन्मिएको शिशुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिनुभयो ।

बच्चा जन्माउने महिला अविवाहित रहेको बताइएको छ । पेट दुखेपछि अस्पताल पुगेकी ती महिलाले शौचालयमै बच्चा जन्माएको अस्पतालमा कार्यरत नर्सहरूले बताएका छन् ।

प्रहरीका अनुसार ती महिला र नवजात शिशु महाकाली अस्पतालमै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *