समाचार

महाअभियोगबाट जोगिए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

महाअभियोगबाट जोगिए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

२३ माघ २०७६ वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथी लागेको महाभियोग अमेरिकी संसदले खारेज गरेको छ ।

राष्ट्रपती ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको सेनेटले ट्रम्प माथी लागेको शक्ति दुरुपयोगको अभियोगलाई ४८ का विरुद्घ ५२ तथा संसदलाई अवरोध गरेको अभियोलाई ४७ का विरुद्घ ५३ मतले खारेज गरिदिएको छ ।
आफ्ना राजनीतिक प्रतिप्रतिद्घन्दिलाई बाधा पु¥याउने मनसायले युक्रेन माथि दबाब पुर्याएको अभियोग डेमोक्रेटिक पार्टीले ट्रम्प माथि लगाएको थियो ।

यस अघि डेमोक्रेटिक पार्टीको बहुमत रहेको अमेरिकी संसदको तल्लो सदलने गत डिसेम्बरमा राष्ट्रपति माथिको मआअभियोग अनुमोदन गरी माथिल्लो सदनमा पठाएको थियो ।

अमेरिकाको पछिल्लो राजनीतिक अवस्था निकै बिभाजित र बिबादित बन्दै आएको छ । माहाअभियोग सम्बन्धी प्रस्तावको मतदानमा राष्ट्रपति ट्रम्पले नेत्तृत्व गरेको रिपब्लिकन पार्टी उनको पक्षमा एकजुट भने हुन सकेन ।

राष्ट्रपति पद्का पुर्व उम्मेद्ववार रिपब्लिकन पार्टीका प्रभाबशाली नेता मिट रामनीले राष्ट्रपति ट्रम्पलाई माहाअभियोग लगाउनु पर्ने पक्षमा मतदान गरेका थिए । मतदानका क्रममा उनले आफ्नु देश र भगवान समक्ष खाएको सपथको इज्जत गरेको बताउदै राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउनुपर्ने भनाइ राखेका थिए ।

राष्ट्रपति पदको दुरुपयोग गरेको र अमेरिकी जनप्रतिनिधिहरुको संस्था हाउस अफ रेप्रिजेन्टेटिभलाई असहयोग गरेको आरोपमा छुटाछुटै मतदान भएको थियो । यो मतदान पर्टीलाइन अनुसारकै मत खसेकाले राष्ट्रपति ट्रम्प जोखिम्पूर्ण माहाअभियोगबाट बच्न सफल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *