खेलकुदफुटबल

डोर्टमण्ड र पिएसजीको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

डोर्टमण्ड र पिएसजी सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

६ फागुन २०७६ एजेन्सी: युरोपको सबै भन्दा ठुलो प्रतोयोगिता च्याम्पियन्स लिगको नकआउट चरणको खेलहरु आजबाट सुरु हुँदै छ। अन्तिम १६ को पहिलो खेलमा आज साबिक बिजेता लिभरपुलले एट्लेटिको मड्रिडको सामना गर्नछ भने दोस्रो खेलमा बोरुसिया डोर्टमण्डले पेरिस सेन्ट जेर्मनको सामना गर्नेछ ।

बोरुसिया डोर्टमण्डले आफ्नो घरेलु मैदानमा पेरिस सेन्ट जेर्मनको सामना गर्न लागा हो। बोरुसिया डोर्टमण्ड जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा रहेको छ भने पेरिस सेन्ट जेर्मन फ्रान्स लिग १ को शिर्ष स्थानमा रहेको छ ।

बोरुसिया डोर्टमण्ड र पेरिस सेन्ट जेर्मनको खेल राति १:४५ बजे देखि सुरु हुनेछ । बोरुसिया डोर्टमण्ड र पेरिस सेन्ट जेर्मन को लाइभ सोनी टेन १ एसडी र एचडी मा आउने छ ।

बोरुसिया डोर्टमण्डलाइ पेरिस सेन्ट जेर्मनको सामना गर्दा चोटले सताएको छ । मारको रेउस,थोमस डेलानी र जुलिन ब्रान्ट जस्ता खेलाडी घाइत रहेका छन् भने पेरिस सेन्ट जेर्मनका नेमार टिममा फर्किने छन् ।

बोरुसिया डोर्टमण्डको सम्भावित प्लेइङ ११: बुर्की पिज्ज्जाक, आकानजी, हम्मेल्स; हाकिमी, क्यान, विट्सेल, गुएरेरो; सान्चो, हालान्ड, ह्याजार्ड

पेरिस सेन्ट जेर्मन सम्भावित प्लेइङ ११: नावास; मेउनियर, मार्क्विनहोस, सिल्भा, बर्नाट; डि मारिया, गुएए, भेर्राटी, नेमार,काइलन मबापे,इकाड़ी

Leave a Reply

Your email address will not be published. Required fields are marked *