खेलकुदफुटबल

बी डिभिजन लिग: उद्घाटन खेलमा ब्वाईज युनियनको विजयी सुरुवात

११ फागुन २०७६ काठमाडौँ: सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको उद्घाटन खेलमा ब्वाईज युनियनक्लबले विजयी सुरुवात गरेको छ। श्री कुमारी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै ब्वाईजले सुखद सुरुवात गरेको हो।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाईज युनियन क्लबले पहिलो हाफमा १-० ले लिएको अग्रता दोश्रो हाफमा अग्रता दोब्बर गर्दै २-० को जित निकालेको हो।

ब्वाईजको जितमा वर्तमान राई र प्रदिप बोगटीले एक एक गोल गरेका छन् । खेलको ३९ औं मिनेटमा वर्तमानले गोल गर्दै ब्वाईजलाई अग्रता दिलाए । त्यसपछि खेलको दोश्रो हाफको ७६ औं मिनेटमा प्रदिपले गोल गर्दै ब्वाईजलाई २-० को जित दिलाउन सफल भए ।

जितसँगै श्री कुमारीले भने हारबाट सुरुवात गरेको छ ।

ब्वाईजका अरुण लिम्बु म्यान अफ दि म्याच चुनिएको आजको खेलमा ब्वाईजले महत्वपूर्ण ३ अंक जोडेको छ भने श्री कुमारीअङ्क बिहिन रहेको छ ।

लिग आगामी चैत २३ गतेसम्म चल्ने छ जसमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

खेलमा सर्वाधिक अङ्क बटुल्न सफल बिजेता टिम ‘ए’ डिभिजनमा बढुवा हुनेछ भने पुछारमा रहेको एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *