समाचारसमाज

बस काण्ड: बस भित्र हस्तमैथुन गरेको अस्लिल भिडियो खिच्ने युवक प्रहरीको फन्दामा

बस काण्ड: बस भित्र हस्तमैथुन गरेको अस्लिल भिडियो खिच्ने युवक प्रहरीको फन्दामा

२८ पुस २०७६ काठमाडौ : एक बर्षअघि सामाजिक संञ्जालमा एउटा भिडियो भाइरल बनेको थियो । भिडियोमा सार्वजनिक बसभित्र युवकले हस्तमैथुन गरेको दृष्य थियो । उनको वीर्य अघिल्लो सिटमा बसेकी महिलाको कपालमा परेको पनि देखिन्थ्यो । युवक र महिला दुवैको अनुहार भने देखिएको थिएन । एक बर्षसम्म निरन्तर प्रहरीको सकृयताले सो भिडियोमा आबद्ध युवकलाई पक्राउ गरेको छ ।

रविन सार्की भन्ने रविन रुचाललाई प्रहरीले शुक्रबार चितवनबाट पक्राउ गरेको हो । उनी घटना लगतै भारतका विभिन्न सहरमा लुकेर बस्दै आएका थिए ।

प्रहरीले चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई पक्राउ गरेको हो । सोमबार साँझ चितवनबाट पक्राउ गरिएका उनलाई काठमाडौं ल्याएर मंगलबार बिहान ११ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । ती युवकले भिडियो पोष्ट गर्दै – ‘यो भिडियो भाइरल नगर्नु होउ । इटइिज जस्ट फनी भिडियो’ लेखेका थिए ।

सामाजिक संञ्जालमा निक्कै भाइरल भएको सो प्रकरणसँगै सार्वजनिक बसमा महिला असुरक्षित भएको भन्दै अघिल्लो बर्ष महिला अधिकारकर्मी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेर प्रहरीलाई अनुसन्धान मार्फत सत्य, तथ्य सार्वजनिक गरिदिन अनुरोध गरेका थिए । प्रहरीले एक बर्षसम्म पनि सो घटनामा संम्लग्न युवालाई खोजी गरेको थियो । भिडियो भाईरल भएसँगै ति युवा चार महिनासम्म भारतमा लुकेर बसेका थिए ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले चार महिनासम्म भारतमा लुकेर नेपाल फर्किए लगत्तै आरोपित रुचालालाई चितवनबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा ‘बस काण्ड’ को नामले निक्कै चर्चित र आलोचित घटनामा प्रहरीले सफलता हात पारेको छ । प्रहरीले गतिलो रुपमा अनुसन्धान नगरेको आरोप समेत लागेको उक्त बसकाण्डमा संम्लग्न युवालाई प्रहरीले सोमबार साँझ चितवनमा नियन्त्रणमा लिएको छ ।

एक बर्षको लामो अनुसन्धानपछि प्रहरीले सोमबार साँझ रुचाललाई पक्राउ गरेका हो । उनलाई सोमबार रातीनै काठमाडौं ल्याएर मंगलबार महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । एसएसपी थापाका अनुसार २४ बर्षिया रुचालले २०७५ साल साउनमा भिडियो खिचिएको थियो भने त्यसको छ महिनापछि सो भिडियोलाई रविन रुचालको नामबाट पोष्ट गरिएको थियो । त्यस लगत्तै पिडित महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले खोजी कार्यलाई तिव्रता दिएको थियो ।

चितवनको भरतपुर महानगरपालिका–२४ स्थायी बासिन्दा २४ बर्षका रबिनले पैसा कमाउने उद्देश्यले भिडियो खिचेको बयान दिएको एसएसपी थापाले बताउनुभयो । भिडियो सामाजिक संञ्जालमा भाइरल बनेसँगै रबिन दिल्ली पुगेको पत्रकार सम्मेलनमा एसएसपी थापाले बताउनुभयो । भारतको दिल्लीमा रहेको एक मोमो फ्याक्ट्रीमा तीन महिना काम गरेका र त्यहाँबाट भारतकै कास्मिर गई त्यहाँ पनि चार महिना बसेर पुनः दिल्ली पुगेर तीनचार महिना भारत बसेर नेपाल आए लगत्तै प्रहरीले उनलाई चितवनबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *