राजनितीसमाचार

प्रचण्डले भने, ओली नेतृत्वको सरकार तत्काल फेरिन्न

प्रचण्डले भने, ओली नेतृत्वको सरकार तत्काल फेरिन्न

१२ फागुन २०७६ काठमाडौँ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रीय सचिवालयमा छलफल भएको र प्रतिवेदन परिमार्जनसहित पारित हुने बताउनुभएको छ ।

आइतबार धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकामा आइतबार आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी हुन पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसंग कुरा गर्दै राष्ट्र र जनताको पक्षमा हुने गरि एमसीसीको प्रतिवेदन परिमार्जन गरेर पारित हुने बताउनुभयो ।

उहाँले, अहिले प्रधानमन्त्री फेरिने विषय हल्ला मात्र भएको र वास्तविकता त्यो नभएको बताउदै प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेसम्म सरकार परिवर्तन नहुने बताउनुभयो । एक प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले प्रदेश नंं २ को सरकार परिवर्तनको विषयमा राजपा तथा फोरमसंग कुराकानी भैरहेको तर कहिले परिवर्तन हुने हो त्यो भन्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले सञ्चारमन्त्रीको विषय कानूनी र अनुसन्धानको विषय भएको बताउदै यस विषयमा सार्वजनिक लेखा समिति तथा अख्तियारले छाननविन गरिरहेकोे बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *