खेलकुद

पर्शुरामलाई क्यानाडामा कराते च्याम्पियनसिपमा स्वर्ण

पर्शुरामलाई क्यानाडामा कराते च्याम्पियनसिपमा स्वर्ण

८ मङ्सिर २०७६ काठमाडौं : नेपालका पर्शुराम बाँस्तोलाले मोन्टरियल ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

क्यानाडाको लेभल सिनियर एकेडेमीमा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर एकल कातातर्फ नेपाललाई स्वर्ण दिलाएका हुन् ।

स्वर्ण जित्ने क्रममा पर्शुरामले कुल २८.८ स्कोर गरे ।

च्याम्पियनसिपमा यस स्पर्धामा नेपालसहित क्यानडा, भारत, अमेरिका र जमैकाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *