क्रिकेटखेलकुद

न्युजिल्याण्ड बिरुद्ध भारत: कप्तान विलियमसन दुई खेल गुमाउने

न्युजिल्याण्ड बिरुद्ध भारत: कप्तान विलियमसन दुई खेल गुमाउने

२१ माघ २०७६ एजेन्सी: न्युजिल्याण्डको क्रिकेट टीमलाई ठुलो झट्क लागेको छ। न्युजिल्याण्ड टिमका कप्तान केन विलियमसनले दुइवटा एकदिवसीय सिरिजको खेल गुमाउने छन् । न्युजिल्याण्ड टिमका कप्तान केन विलियमसन नखेल्ने भएपछि टम लाथमले दुइवटा एकदिवसीय सिरिजमा न्युजिल्याण्डका लागि कप्तानी गर्ने छन्। कप्तान केन विलियमसनको स्थानमा  मार्क चापम्यान टिममा समाबेस गरिएको छ ।

भारत बिरुद्धको टी -२० खेलमा कप्तान केन विलियमसन घाईते भएका थिए। कप्तान केन विलियमसनको बाँया हातको कुममा चोट लगाएको थियो। न्युजिल्याण्डले भारत सँग ३ वटा एकदिवसीय सिरिज खेल्ने छ । भारतले टी -२० खेल ५-० ले जितेको थियो।

न्युजिल्याण्ड बिरुद्ध भारतको एकदिवसीय सिरिजको खेल तालिका
५ फेब्रुअरी(बुधवार): पहिलो एकदिवसीय खेल सेड्डन पार्क, ह्यामिल्टन (७:४५ बिहान)
८ फेब्रुअरी(सनिबार): दोस्रो एकदिवसीय खेल इडन पार्क,अकल्याण्ड (७:४५ बिहान)
११ फेब्रुअरी (मंगलबार): तेस्रो एकदिवसीय खेल बे ओभाल,(७:४५ बिहान)

न्युजिल्याण्ड बिरुद्ध भारतको टेस्ट मैचको खेल तालिका
२१-२५ फेब्रुअरी:पहिलो टेस्ट मैच, बेसिन रिजर्व, वेलिंग्टन,(४:१५ बिहान)
२९-४ मार्च:दोस्रो टेस्ट मैच,ह्याग्ली ओभाल, क्राइस्टचर्च,(४:१५ बिहान)

भारतको एकदिवसीय स्क्वाडहरू: विराट कोहली (कप्तान), उपकप्तान), पृथ्वी शॉ, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पंत (डब्ल्यूके), शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप सैनी , शार्दुल ठाकुर, केदार जाधव

न्युजिल्याण्डको एकदिवसीय स्क्वाडहरू: केन विलियमसन (कप्तान), हमीश बेनेट, टम ब्लन्डेल, कोलिन डि ग्रान्डोम्मे, मार्टिन गुप्टिल, काइल जैमीसन, स्कट कुगलिजेन, टम लाथम, जिमी नीशम, हेनरी निकोलस, मिशेल सन्तनर, ईश सोधी (पहिलो एकदिवसीय), टीम साउथी, रस टेलर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *