राजनितीसमाचार

नेकपाका नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन हुनुपर्छ: कार्यकर्ता

नेकपाका नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन हुनुपर्छ: कार्यकर्ता

१७ माघ २०७६ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अहिले जारि दोश्रो पूर्ण बैठकमा कार्यकर्ताहरुले निर्वाचित नेता तथा जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न आयोग गठनको माग गरेका छन् ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा नेकपाको मात्र नभई सबै राजनीतिक दल र समुहका निर्वाचित जनप्रतिनिधिको सम्पति छानमिन हुनुपर्ने निस्कर्ष निकालेको विभिन्न समूहका टोली नेताले छलफलका निष्कर्ष सुनाउने क्रममा सम्पत्ति छानविन आयोग गठनको माग गरेको बताएका हुन् ।

राष्ट्रियसभा गृहमा जारी बैठकमा शुक्रबार चारवटा समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए । त्यसक्रममा पारदर्शिता, सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने र कतिपयको आवश्यक परे सम्पत्ति छानविननै हुनुपर्ने कुरा आएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए । समूह ११ का टोली नेता लेखनाथ न्यौपानेले आयोग गठनको प्रस्ताव राखेका थिए ।

तीन तहका सरकारका कामको मुल्यांकन हुनुपर्ने र जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कुरा बैठकमा गम्भीर रुपमा उठेको छ । राजकीय पदमा जानेहरुको सम्पत्ति छानविन गर्ने र अवसरहरु न्यायोचित रुपमा वितरण हुनुपर्ने माग केन्द्रीय कमिटी बैठकमा उठेको छ ।

त्यस्तै कुनै ठूला मुद्दामा पार्टीमा छलफल गरेर धारणा बनाउनुअघि नेताहरुले आफ्नो बिचार सार्वजनिक गर्दा एमसीसीमा जस्तै समस्या देखिने गरेको केन्द्रीय सदस्यहरुको ठहर छ ।

त्यस्तै कम्तीमा केन्द्रीय कमिटी सदस्य तहका नेताहरु श्रम र उत्पादनसँग जोडिने नीति बनाउन नसकिए समाजवाद होइन दलाल पुँजीवादको बाटोमा जाने खतरा बढेको नेताहरुको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *