देशसमाज

गृहकार्य नगरेको भनेर यसरी कुटिए विद्यार्थी

गृहकार्य नगरेको भनेर यसरी कुटिए विद्यार्थी

२० पुस २०७६ बुटवल : रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी गृहकार्य नगरेको निहुमा शिक्षकबाट निर्घात कुटिएका छन् । कुटाइबाट उनको आँखामा गम्भीर चोट लागेको छ ।

कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् । उनि सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा पढ्छन।

शिक्षक बरईको कुटाइबाट १० वर्षीय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । घाइते बिद्यार्थी धुनियाका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको बताए ।

तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरे। ‘धुनिया शिक्षकको कुनै पनि कुरा मान्दैनथे । अटेरी गरी गृहकार्य नगरेको कारण उनलाई सामान्य तर्साउनु भएको हो । कुट्नु भएको छैन’, प्राचार्य बरईले भने ।

यता शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पनि प्रहरीले उजुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् तर प्रहरीले भने प्रक्रिया पुर्याएर आउन आग्रह गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *