खेलकुदफुटबल

ए डिभिजन लिग: रोमाञ्चक खेलमा मनाङ र थ्री स्टारको बराबरी

ए डिभिजन लिग: रोमाञ्चक खेलमा मनाङ र थ्री स्टारको बराबरी

४ माघ २०७६ काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज शनिबार मनाङ मर्स्याङ्दी र रुस्लान थ्री स्टारबीच भएको दोस्रो खेल बराबरी भएको छ ।

१९अाैं मिनेटमा लालरम्मावियाले फ्रिकिकमा सिधै गाेल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । लालरम्मावियाले आजैको खेलबाट डेब्यु गरेका हुन्। उनि भारतीय खेलाडी हुन्।

ए डिभिजन लिग: रोमाञ्चक खेलमा मनाङ र थ्री स्टारको बराबरीपुजन उपरकाेटीको ह्यान्डमा फ्रिकिक पाएको थ्री स्टारकालागि लालरम्मावियाले सुन्दर गाेल गर्न सफल भएका थिए ।

पहिलो हाफमा ०-१ ले पछि परेको मनाङ मर्श्यान्ग्दीका लागी दोश्रो हाफ सुरु भए लगत्तै ४९अाैं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गाेल गर्दै खेललाई १-१ गाेलकाे बराबरीमा ल्याए । अशाेक खवासले पेनाल्टी बक्समा अन्जनलाई लडाएपछि प्राप्त पेनाल्टीमा अन्जन आफैंले गाेल गर्न सफल भएका थिए ।

ए डिभिजन लिग: रोमाञ्चक खेलमा मनाङ र थ्री स्टारको बराबरीसुरुवाती समयमा पछि परेको मनाङले खेलको ६७अाैं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गाेल गर्दै मनाङलाई २-१ काे अग्रता दिलाए । कप्तान कमल श्रेष्ठकाे फ्रिकिकमा अन्जनकाे हेडर पाेस्टमा लाग्दै गाेलमा परिणत भएकाे थियाे । यतिबेला अन्जन बिष्ट आफुले गोल गरेको बिषयमा अन्जान थिए।

८४ अाैंं मिनेटमा थ्री स्टारका लालरम्मावियाले व्यक्तिगत दोश्रो गाेल गर्दै खेललाई २-२ गाेलकाे बराबरीमा ल्याए । अनन्त तामाङको हेडर गोलरक्षक दीपले बचाएपछि रिबाउन्डमा उनी गोल गर्न सफल भए ।

यस बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोड्दै तेश्रोस्थानमा छ भने थ्रीस्टार भने ७ खेलमा ११ अंकसाथ चौथो स्थानमा छ ।

ए डिभिजन लिग: रोमाञ्चक खेलमा मनाङ र थ्री स्टारको बराबरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *