खेलकुदफुटबल

ए डिभिजन लिग: आज दुइ खेल हुँदै, अंक तालिका सहित

ए डिभिजन लिग: आज दुइ खेल हुँदै, अंक तालिका सहित

१९ माघ २०७६ काठमाडौँ: सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) दुई खेल हुदैछ । आज हुने पहिलो खेलमा रेलिगेशन जोनमा रहेको हिमालयन शेर्पा क्लब बिरुद्ध संकटा क्लबबिच रहेको छ । आज हुने पहिलो खेल १२ बजे देखि सुरु हुँदै छ । आज हुने दोस्रो खेल उपाधि होडमा रहेको आर्मी बिरुष नेपाल पुलिस क्लब रहेको छ ।

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल अंक तालिकाको कुरा गर्दा संकटा ए डिभिजन लिगको १२ अंकसहित आठौ स्थानमा छ। १२ अंक जोडेको संकटाले क्लब भने ३ खेलमा जित तीन खेलमा बराबरी र तिन खेलमा पराजित भएको छ ।

हिमालयन शेर्पा अंक तालिकाको १२ औ स्थानमा रहेको छ । हिमालयन शेर्पाले एक खेलमा जित ४ खेल मा बराबरी र ४ खेलमा पराजित रहेको छ ।

दोस्रो खेल उपाधि होडमा रहेको आर्मी बिरुष नेपाल पुलिस क्लबको खेल ३ बजे देखि रहेको छ ।

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल अंक तालिकाको कुरा गर्दा आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको छ । त्रिभुवन आर्मी ६ खेलमा जित २ खेल बराबरी र एक खेलमा पराजित रहेको त्रिभुवन आर्मी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

नेपाल पुलिस क्लब १४ अंकसहित छैटौं स्थानमा रहेको छ। नेपाल पुलिस क्लबले ४ खेलमा जित २ खेल बराबरी र ३ खेलमा पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *