अन्तरास्ट्रिय

अमेरिकालाइ इरानको जवाफ: दुइ सैन्य अखडामा मिसाइल आक्रमण

अमेरिकालाइ इरानको जवाफ: दुइ सैन्य अखडामा मिसाइल आक्रमण

२३ पुस २०७६ काठमाडौं : इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएको केहि दिन नबित्दै इराकमा रहेको अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो । इरानले दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ ।

के भन्छ इरान ?

इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्यान गएकाले त्यसको बदलास्वरूप प्रतिआक्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाइ छ ।

सुलेमानीको मंगलबार अन्त्येष्टि गरिएलगत्तै इरानले अमेरिकी सेनामाथि आक्रमण गरेको हो । इरानले अमेरिकालाई सहयोग गर्दै आएकाहरुलाई पनि आक्रमण गर्ने चेतावनी दिएको छ ।

अमेरिकाको प्रतिक्रिया

इरानले मिसाइल आक्रमण भएको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाको रक्षा विभागले इरबिल र अल-असदका अलग-अलग सैन्य अखडामा आक्रमण भएको जनाएको छ।

मिसाइल आक्रमणबाट अमेरिकी हवाई अड्डामा हताहती भएको या नभएको बारे पुष्टी हुन बाँकी रहेको पेन्टागनले जनाएको छ ।

हृवाइटहाउसले एक विज्ञप्ति जारी गर्दै इरानलाई कसरी जवाफ दिने भन्नेबारे परामर्श भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *