२०२०मा ‘बीसीसीआई’ले गर्यो २७ राष्ट्रिय क्रिकेट खेलाडीको सूची सार्वजनिक

२०२०मा ‘बीसीसीआई’ले गर्यो २७ राष्ट्रिय क्रिकेट खेलाडीको सूची सार्वजनिक

४ माघ २०७६ : सन २०२०मा ‘बीसीसीआई’ले सार्वजनिक गरेको २७ राष्ट्रिय खेलाडीको सूचीएजेन्सी : सन् २०२०मा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले २७ खेलाडी विभिन्न वर्गमा समावेश गरिएको सूची सार्वजनिक गरेको छ ।

बीसीसीआईले सार्वजनिक गरेको सूचीको ए प्लस श्रेणिमा मात्र तीन खेलाडी अटाएका छन् । कप्तान विराट कोहली, रोहित शर्मा र तिब्र गतिका बलर जसप्रित ए प्लस श्रेणिमा अटाएका छन् ।

त्यसैगरी रबिचन्द्रन अश्विन, रबिन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पूजारा, अजिन्क्यै रहाने, लोकेश राहुल, शिखर धवन, मोहम्मद सामी, ईशान्त शर्मा, कुलदीप यादब र ऋषभ पन्त सहित ११ खेलाडी ए श्रेणिमा छन् ।

त्यस्तै मयन्क अग्रवाल, ऋधिमन साह, उमेश यादब, युज्वेन्द्र चाहल, हार्दिक पाण्ड्या साह र अग्रवालसँगै समूह बी मा परेका छन् । बी श्रेणिमा पर्ने खेलाडीले वार्षिक तीन करोड पाउनेछन् ।

त्यसैगरी नवदीप सैनी, दीपक चाहर, श्रद्धुल ठाकुर, श्रेयस ऐयर र वाशिंगटन सुन्दर, केदार जाधर, मनिष पाण्डे, हनुमा बिहारी पनि सी श्रेणिमा परेका छन् ।

यस अघि २०१९ मा बिसिसिआइको श्रेणीमा पर्न सफे अम्बाटी रायडू, दिनेश कात्र्तिक र खलील अहमद पनि बीसीसीआईको अनुबन्धनको परिधिबाट बाहिरिएका छन् । तीनैजनाले आफ्नो स्थान बनाउन सकेनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *