१७ वर्षपछि सलमान र शाहरुख एउटै चलचित्रमा खेल्दै

१७ वर्षपछि सलमान र शाहरुख एउटै चलचित्रमा खेल्दै

१ जेठ २०७६ एजेन्सी: निर्देशक अली अब्बास जफरले हालै एक अन्तर्वार्तामा सलमान र शाहरुखलाई अभिनय गराउने इच्छा व्यक्त गरेका छन् ।बलिउड अभिनेता शाहरुख खान र सलमान खान अहिले निकै नजिक भएका छन् । उनिहरुको बिचनिकै घनिष्ठता बढेको छ ।

केही महिनाअघि सलमान खानले शाहरुख खानको फिल्म ‘जिरो’ मा केमियो गरेका थिए भने शाहरुख खानले सलमान खानको चलचित्र ‘भारत’ को ट्रेलर रिलिज भएसँगै खुलेरै प्रसंशा गरेका थिए ।

अली अब्बास जफरले एक अन्तर्वार्तामा दर्शकले अब छिट्टै नै सलमान खान र शाहरुख खानलाई एकसाथ एउटै फिल्ममा हेर्न पाउनेछन् भनेका छन् । निर्देशक अली अब्बास जफरले यी दुबैलाई सँगै अभिनय गराउने इच्छा व्यक्त गरेका छन् । उनले भनेका छन् कि सलमान र शाहरुख एकअर्काको साथमा काम गर्न चाहन्छन् । यदि कुनै राम्रो स्क्रिप्ट अगाडि आयो भने यी दुवैले काम नगर्ने भन्ने कुरा नै छैन ।’

यी दुवैले अभिनेत्री माधुरी दीक्षितका साथ फिल्म ‘हम तुम्हारे हे सनम’ मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए । त्यस घि फिल्म ‘करण अर्जुन’ मा यी दुवैले दाजुभाइको भूमिका निर्वाह गरेका थिए ।
सन् २००२ मा यी दुवैले अभिनेत्री माधुरी दीक्षितका साथ फिल्म ‘हम तुम्हारे हे सनम’ पछि सँगै मुख्य भूमिकामा काम गरेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *