१३ औं साग: आज १९ खेल, कुन खेल कहाँ हुँदै ?

१३ औं साग: आज १९ खेल, कुन खेल कहाँ हुँदै ?

२० मङ्सिर २०७६ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शुक्रबार १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । आजको दिन पोखरामा आर्चरीका खेल सुरु हुँदै छ।सागको पाँचौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुँदै छ ।

सागमा बिहिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङ खेलहरु हुँदै छ ।

ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ । जनकपुरमा कुस्तीको खेल हुने छ ।पुरुष क्रिकेट,पौडी, सुटिङ, टेबलटेनिस, टेनिस,स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा काठमाडौँमा हुनेछ ।

कुन खेल कति बजे
महिला क्रिकेट :नेपाल बिरुद्ध श्रीलंका (पोखरा) ११ बजे
पुरुष क्रिकेट :भुटान बिरुद्ध बंगलादेश(काठमाडौँ) ९ बजे
पुरुष क्रिकेट:नेपाल बिरुद्ध माल्दिभ्स(काठमाडौँ) १ बजे

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ