१३औं साग क्रिकेट(पुरुष): नेपाल बिरुद्ध माल्दिभ्स

१३औं साग क्रिकेट(पुरुष): नेपाल बिरुद्ध माल्दिभ्स
२० मङ्सिर २०७६ काठमाडौँ : १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज नेपाले तस्रो खेल खेल्दै छ । आजको खेल तिपुर मैदानमा हुँदै छ । आजको खेल १ बजे टियु क्रिकेट मैदानमा हुँदै छ । यो खेलपछि नेपालले भोलि ( शनिबार)बंगलादेशसँग खेल्ने छ ।
माल्दिभ्स नेपाल भन्दा धेरै कम्जोर टोलि हो । नेपालले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो । शुक्रबार नै बंगलादेशको यू-२३ ले भुटानको सामना गर्नेछ । यो खेल ९ बजे देखि छ ।

नेपाली पुरुष टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ