खेलकुदफुटबल

१० खेलाडीमा सिमित आर्मी संकटासँग बराबरीमा रोकियो

१० खेलाडीमा सिमित आर्मी संकटासँग बराबरीमा रोकियो

२९ पुस २०७६ काठमाडौं : ए डिभिजन लिग अन्तर्गत आज भएको छैठौ चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको आजको खेलमा आर्मीले १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ ले गोल गरेका थिए भने र संकटाका लागि अमित तामाङले गोल गरे ।

खेलको पहिलो हाफको २८ औं मिनेटमा नवयुग श्रेष्ठले दिनेश हेन्जनको पासमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए भने खेलको ३८ ‍औं मिनेटमा संकटाले बराबरी गर्ने मौका गुमाउन पुग्यो । संकटाका सुवास गुरुङको कर्नर पासमा एर्नेष्ट थम्पीले गरेको हेडर आर्मीका सन्तोष तामाङले गोललाइनबाट बाहिर फ्याँकेका थिए ।

५४ औं मिनेटमा आर्मीका युद्ध शाहीले दोहोरो पहेँलो कार्ड (रातो कार्ड) खाँदै मैदान छाडेपछि आर्मी १० खेलाडीमा सीमित हुन पुग्यो । संकटाका लक्ष्मण रुचाललाई फल गरेपछि युद्धले दोस्रो पहेँलो कार्ड पाएका थिए ।

१० खेलाडीमा सिमित्र आर्मीले आफ्नो लय गुमाउन पुग्यो र त्यसैको फाइदा उठाउँदै संकटाले बराबरी गोल फर्कायो । ५५ औं मिनेटमा संकटाका लागि अमित तामाङले पेनाल्टीमा बराबरी गोल गरे । आर्मीका सुमन अर्यालले पेनाल्टी एरियामा बल ह्याण्ड गरपछि संकटाले पेनाल्टी पाएको हो ।

एक खेलाडी कम भए पनि आर्मीले खेलमा संकटाविरुद्ध दबाब बनाएको थियो तर गोल गर्न सकेन ।

१० खेलाडीमा सिमित आर्मी संकटासँग बराबरीमा रोकियोयो सिजनको लिगमा आर्मी बराबरीमा रोकिएको यो पहिलो पटक हो । बराबरीपछि ६ खेलबाट आर्मीले १३ अंक जोडेको छ । शीर्ष स्थानको मछिन्द्र क्लबसँग समान अंक भए पनि आर्मी गोल अन्तरमा दोस्रो स्थानमा छ ।

दोस्रो बराबरी खेलबाट संकटा ६ खेलबाट ८ अंक जोड्दै आठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *