स्वारेजको दुई गोलमा बार्सिलोनाको सहज जित

स्वारेजको दुई गोलमा बार्सिलोनाको सहज जित

स्वारेजको दुई गोलमा बार्सिलोनाको सहज जित

१६ असोज २०७६ काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाले गए रति भएको खेलमा च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको समूह ‘एफ’को खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे । यता, इन्टर मिलानको लागि लउटारो मार्टिनेजले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने इन्टर मिलानले बनाएको थियो । खेलको दोस्रो मिनेटमा नै मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई १–० गोलको अग्रता दिलाए । पहिलो हाफसम्म १–० ले पछि परेको बार्सिलोनाले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५८औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको स्थितिमा ल्याए । खेलको ८४औं मिनेटमा बार्सिलोनाका लागि स्वारेजले अर्को गोल थपेपछि खेल २–१ गोलअन्तरले जितेको हो ।

यो जित बार्सिलोनाको पहिलो जित हो । जितसँगै समूह ‘एफ’ को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

१ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ ।

यस समूहमा ४ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको स्लाभिया पुछारमा रहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...