सुनकोशी बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो (भिडियो)

सुनकोशी बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो (भिडियो)

सुनकोशी बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो (भिडियो)

१७ कार्तिक २०७६ सिन्धुपाल्चोक : दोलखाको मागादेउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको चौतारा सांगचोकगढी नगरपालिका ९ सुकुटे र चेहेरे स्थित अरनिको राजमार्गबाट सुनकोशी नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काप्लेका अनुसार नदीमा खसेको बसबाट १७ जना यात्रुको शव निकालिएको छ । अन्य यात्रुहरु नदीमा हराइरहेको बताइएको छ । सो बसले ४० जना भन्दा बढी यात्रु बोकेर राजधानी जाँदै गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

बस नदीमा पुरै डुबेको थियो । सो कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । केही यात्रु नदीले बगाएको जानकारी प्राप्त भएको छ । मृतकको सनाखत हुँदै गरेको प्रहरीले बताएको छ । केही शव नदीले बगाउँदै गरेको अवस्थामा निकालिएको छ । तीव्र गतिका कारण सो बस अनियिन्त्रत भई दुर्घटना भएको जिप्रकाले बताएको छ ।

मृतकहरुमा बढी महिला र बालबालिका रहेका छन् । नदीमा डुबेको सो बस साँझ ५ बजेतिर सडकमा उतारिएको छ । उतारिएको बसमा कोही पनि यात्रु नभेटिएको डिएसपी काप्लेले भन्नुभयो ।
दुर्घटनामा परेका चालक धनबहादुर तामाङ र एक बालकको उद्धार गरिएको छ । चालक तामाङको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि भुलिखेल अस्पताल रिफर गरिएको छ । बगाएका यात्रुहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । उद्धार गरिएका मध्य ६ जना गम्भिर घाइते छन् ।

दोलखाको शैलुङ्गेश्वरी यातयातको उक्त बस आइतबार दिउँसो १ बजेर १५ मिनेट जाँदा अरनिको राजमार्गबाट सिधै सुनकोशी नदीमा खसेको थियो । घाइतेहरुको दोलालघाटस्थित प्राथमिक स्वास्थ्य केन्द«, खाडीचौरको सदाबहार अस्पताल, धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उद्धार कार्यमा सुरक्षाकर्मी र स्थानीय जुटेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस https://www.facebook.com/groups/2156283228000537/wp/452362352299412/

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...