सुआरेजको दुई गोलमा बार्सिलोनाको फराकिलाे जित

सुआरेजको दुई गोलमा बार्सिलोनाको फराकिलाे जित

सुआरेजको दुई गोलमा बार्सिलोनाको फराकिलाे जित

२९ भाद्र २०७६ एजेन्सी: क्याटलान क्लब बार्सिलोनाले शनिबार राति घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई ५–२ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान नोउक्याम्पमा शनिबार राति भएको बार्सिलोनाको फराकिलाे जितमा युवा मिडफिल्डर अंशुमाने फाती, फ्रान्की डि जोङ र जेरार्ड पिकेले गोल गरे ।भ्यालेन्सियाका केभिन गेमेरियो र म्याक्सिमिलियानो गोमेजले गोल गरे ।

१६ बर्षका फातीले पहिलो रोजाईमा बार्सिलोनाबाट खेल्दै दोस्रो मिनेटमा गोल गरेका थिए ।सातौ मिनेटमा डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाए । भ्यालेन्सियाका गेमिरोले २७ औ मिनेटमा एक गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने कोशिश गरेका थिए तर तो सफल हुन सकेन । ५१ औ मिनेटमा जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । ६१ औ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को स्थितीमा ल्याएका थिए । ८२ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल स्वारेजले बार्सिलोनालाई फराकिलो जिततर्फ अग्रसर गराए ।खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै अन्तर घटाएपनि बार्सिलोना ५–२ ले विजयी हुन सफल भयो ।

प्रभावशाली जितसँगै बार्सिलोना ४ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । भ्यालेन्सिया ४ अंक जोडेर १४औं स्थानमा छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...