सीके राउतले बाेलाए स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक

सीके राउतले बाेलाए स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठकसहमतिमा हस्ताक्षर गरेको ४८ घन्टा बित्न नपाउँदै सिके राउत स्वतन्त्र मधेसकै गतिविधिमा सक्रिय

सीके राउतले बाेलाए स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक

३० फागुन २०७५ काठमाडौं : सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ । गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले यही चैत ४ र ५ गते गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाएका हुन् ।

उनले विहीबार ट्विट गर्दै सो कुरा जनाएका हुन् । उनका अनुसार बैठक जनकपुरमा हुनेछ । सरकारसँग सहमति भएपछि पनि स्वतन्त्र मधेसको नारा उनका कार्यकर्ताले लगाएको भन्दै सर्वत्र आलोचना भइरहेकै बेलामा राउतले आफ्नो संगठनको बैठक डाकेका हुन् ।

राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ‍७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएको छ ।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *