साम्राज्ञी र पुष्पको ‘मारुनी’ देशभर रिलिज

साम्राज्ञी र पुष्पको ‘मारुनी’ देशभर रिलिज

साम्राज्ञी र पुष्पको ‘मारुनी’ देशभर रिलिज

13 भाद्र २०७६ : शुक्रबारबाट एकमात्र नेपाली चलचित्र ‘मारुनी’ रिलिज भएको छ ।साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ बिचको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘मारुनी’ आज प्रदर्शनमा आएको छ ।चलचित्र ‘मारुनी’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र नायिका रेविका गुरुङको मुख्य भूमिका छ ।

पहिलो सो मा चलचित्र हेरेका दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । चलचित्रको पहिलो सो मा ६०/७० प्रतिशत अकुपेन्सी हात पारेको मारुनीलाई दर्शकले आगामी सोज मा पनि साथ दिने विश्वास रहेको चलचित्रका नायक पुष्प खड्काले बताए ।

चलचित्र ‘मारुनी’ले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । पुष्पका लागि साम्राज्ञीको एकहोरो पागलपनलाई चलचित्रमा देखाइएको छ ।
चलचित्रको व्यापार यसको वर्ड अफ माउथमा भर पर्नेछ । निर्देशक नवल नेपालले बनाउने चलचित्रले दर्शकको मन छुने भएकाले पनि दर्शकले रुचाउने विश्वास गरिएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...