साफ यू-१८ खेल्ने नेपाली टोलीको घोषणा,खेलतालिका सहित

साफ यू-१८ खेल्ने नेपाली टोलीको घोषणा,खेलतालिका सहित

साफ यू-१८: नेपाली टोलीको घोषणा,खेलतालिका सहित

31 भाद्र २०७६ काठमाडौँ: साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ । साफ यू–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । साफ यू-१८ को पहिलो उदघाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । समूह बीमा बंगलादेश श्रीलंका र भारत रहेका छन् ।

नेपालले असोज ३ गते माल्दिभ्ससँ खेल्नेछ । नेपालले त्यसको दुई दिन पछि असोज ५ गते भुटानसँग खेल्नेछ । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुवै सेमिफाइनल १० गते हुनेछ भने फाइनल १२ गते हुनेछ । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।

 साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ । साफ यू–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । साफ यू-१८ को पहिलो उदघाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ ।नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । समूह बीमा बंगलादेश श्रीलंका र भारत रहेका छन् ।

नेपाली टिम :
गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी, पुजन होना

डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा

स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...