साफ यू-१८: उपाधि ह्याट्रिक गर्ने नेपालको लक्ष्य

SAFF U18 Championship 2019: Nepal vs Bhutan live streamयू–१८ साफ च्याम्पियनसिप: आज नेपालविरुद्ध भुटान-सम्पूर्ण जानकारीसाफ यू-१८: उपाधि ह्याट्रिक गर्ने नेपालको लक्ष्य

साफ यू-१८: उपाधि ह्याट्रिक गर्ने नेपालको लक्ष्य,समय र लाइभबारे जानकारी

३ साउन २०७६ काठमाडौँ: साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज देखि सुरु हुँदैछ । आज उदघाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । समूह बीमा बंगलादेश श्रीलंका र भारत रहेका छन् । डिफेन्डिङ च्याम्पियनसमेत रहेको घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्य लिएको छ ।
नेपालले दुश्रो खेल असोज ५ गते भुटानसँग खेल्नेछ । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुवै सेमिफाइनल १० गते हुनेछ भने फाइनल १२ गते हुनेछ । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो । साफ यू–१८ फुटबल आगामी आज असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । । सन् २०१५ मा नेपालमा भएको पहिलो संस्करणको यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको थियो भने भुटानमा २०१७ मा भएको दोस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिपमा पनि नेपाललेनाइँ उपाधि हात परेको थियो । आजको खेल दिउँसो तीन बजे हलचोकस्थित एपीएफको खेलमैदानमा हुने छ ।

नेपाली टिम :
गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी, पुजन होना

डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा

स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...