साप्ताहिक राशिफल – SAPTAHIK RASHIFAL – WEEKLY HOROSCOPE (असार ८ देखि १४ गते सम्म)

साप्ताहिक राशिफल – WEEKLY HOROSCOPE – SAPTAHIK RASHIFAL – June 22-28 2018

(2075 असार ८ देखि १४ गते सम्मको राशिफल)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

लगनशीलताले विविध अवसर जुटाउनेछ । आफ्नो नाम लिएर अरूले फाइदा उठाउन सक्छन् । वादविवादबाट टाढा रहनु नै उपयुक्त हुन्छ । साताको अन्त्यमा यात्रा गर्ने अवसर जुट्न सक्छ । पुराना मित्रसँगको भेटले थप मनोरञ्जन प्रदान गर्नेछ । यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अध्ययन–अध्यापनमा प्रगति हुनेछ । सामाजिक जिम्मेवारी पूरा गर्दा आफ्नो छवि चम्कनेछ । व्यापार–व्यवसायबाट अपेक्षाभन्दा बढी लाभ मिल्नेछ । सहकर्मीहरूसँगको वैचारिक मतभिन्नतामा आफन्तहरू सहयोगी हुनेछन् । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। स्थितिमा सुधार आउनाले लक्ष्यमा पुग्न सकिनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ। प्रेमी–प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ । आम्दानीका थप स्रोत फेला पर्न सक्छन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

ढिलै भए पनि अवसरहरू हात लाग्नेछन् । आफ्नो हैसियत बिर्सिएर अर्काको देखासिकी गर्नाले आर्थिक नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । सोमबारपछि सही मार्ग पहिचान हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। शत्रुहरूसमेत नजिकिन सक्छन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दृढताका साथ गरिएका सबै काममा सफलता हात लाग्नेछ । अभिभावकको सुझाव मनन गर्दा थप उचाइमा पुगिनेछ । विशेष कार्य योजनाको जग बसाइनेछ । माया गर्ने व्यक्तिहरूको ओइरो लाग्न सक्छ । नाम तथा दाम आर्जन गर्न सकिनेछ । उपहार पनि प्राप्त होला ।  हरियो रंगको पहिरनले करियर बनाउन सहयोग गर्नेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सप्ताहान्तमा पनि साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

साथीहरूको भनाइमा विश्वास गर्दा थप आर्थिक संकट बेहोर्नुपर्ने सम्भावना छ । आर्थिक कारोबारबाट टाढा रहनु नै उचित हुन्छ । परिस्थिति पहिचान गरी गरिएको कार्यले उचित स्थान पाउनेछ । अवसरहरूको खोजीमा मेहनत गर्नुपर्ने हुनसक्छ । साताको अन्त्यमा उपहारसहित भेट्न आउनेहरूसँग सचेत रहनुहोला ।  विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। चिताएका काम बन्नाले नाम र दाम प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विपरीतलिङ्गीले मन पराएको प्रसङ्गले मन उत्साहित हुनेछ । सामाजिक तथा परोपकारी कार्यमा सहभागी भइनेछ । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । रोजगारीको क्षेत्रमा अपेक्षा गरेजस्तै परिणाम हात पर्न सक्छ । भोजभतेर तथा मनोरञ्जनमा सहभागी हँुदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । स्वास्थ्यमा मौसमी गडबडीले सताउने हुँदा खानपानमा सजग रहनुहोला। सप्ताहान्तमा तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको क्षमताले उचित स्थान प्राप्त गरी पदोन्नतीको ढोका खोल्नेछ । प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले प्रतिस्पर्धामा सफलता दिलाउनेछ । विदेश भ्रमणको अवसर प्राप्त हुने सम्भावना छ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्‍याउन सक्छ । रकम जुटाउन दौडधुप गर्नुपरे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नुका साथै सुखद समाचार पनि प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो,  या, यि, यु (Scorpio)

बोलीको प्रभावले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउन सहयोग गर्नेछ । आफन्तहरूले भित्रभित्रै आलोचना गर्न सक्छन् । होसियार हुनुमै आफ्नो कल्याण छ । हरियो रंगको प्रभावले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रको मांगलिक कार्यमा सहभागी भइनेछ । तापनि मिहिनेतले प्रशस्त दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा आम्दानी घट्नेछ भने खर्च बढ्ने र परिश्रमअनुसार अलि कम प्रतिफल प्राप्त हुने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आध्यात्मिक चिन्तन एवं योग–ध्यानले मनका विकार कम गर्न सकिनेछ । कम बोल्दै अध्ययनमा ध्यान केन्द्रित गर्न सके सफलताको उचाइमा पुगिनेछ । अरूको भर परी हितैषीहरूको पछि लाग्दा भविष्य नै अलमलमा पर्न सक्छ । पहेंलो रंग तथा बिजोडी नम्बरको सवारी साधन चलाउँदा लाभ मिल्नेछ । विशेष व्यक्तिसँग भेटघाट हुनेछ। दिगो फाइदा हुने काम सुरुआत होला। सप्ताहान्तमा नाम, दाम र इनाम प्राप्त हुनाले जीवनशैलीमा सुधार आउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शारीरिक सौन्दर्यमा जोड दिनाले खर्चको मात्रा वृद्धि हुनेछ । मित्रहरूको आलोचनालाई सकारात्मक रूपमा लिन सके उचाइमा पुगिनेछ । मंगलबार तथा गुरुबार महत्त्वपूर्ण कार्य सम्पन्न गर्नुहोला । खानपान एवं दैनिक जीवनचर्याले स्वास्थ्यमा उथलपुथल निम्त्याउन सक्छ, सचेतता अपनाउनु होला । शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

पेसा, व्यवसाय एवं स्थान परिवर्तन हुन सक्छ । नयाँ सवारी साधन खरिद गर्ने योजना केही समय पछाडि धकेलिन सक्छ । भावी योजना तर्जुमा गर्न समय खर्चनुपर्नेछ । साताको अन्त्यमा परिवारका सदस्यहरूसहित मांगलिक कार्यमा उपस्थिति भइनेछ । घरायसी काम बिग्रनाले दु:ख पाइएला। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, गोपनीयतामा ध्यान दिनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

खर्च बढ्नाले आइतबारपछि आर्थिक अभावको सामना गर्नुपर्नेछ । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुटाउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनाले काम बिग्रने डरले सताउन सक्छ।

सोसियल मिडियामा सेयर गर्नुहोस !
Loading...