साप्ताहिक राशिफल – Saptahik Rashifal – WEEKLY HOROSCOPE (जेठ २५ देखि ३१ गते सम्म)

साप्ताहिक राशिफल – WEEKLY HOROSCOPE – Saptahik Rashifal – May 8-14 2018

(2075 जेठ २५ देखि ३१ गते सम्मको राशिफल)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

कसैको प्रस्तावमा आलटाल गर्नाले एक–अर्काबीच दूरी बढ्ने सम्भावना छ । मंगलबारपछिका दिनमा भाग्यले साथ दिन थाल्नुका साथै रोकिएका काममा सफलता हात लाग्नेछ । लगनशील बन्दा नियमित काम सम्पादन हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। सामाजिक क्षेत्रमा युवा अभियानको नेतृत्व गर्ने अवसर पाइएला । साताको अन्त्यमा शुभ तथा पूण्य कार्यमा समय खर्चनुपर्नेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कर्मचारी वर्गले समय एवं सेवा तथा कार्यशैलीमा विशेष ध्यान पुर्‍याउनुहोला । नयाँ स्थान तथा क्षेत्रमा पदासिन हुने अवसर जुट्नेछ । नयाँ कार्यक्षेत्र सम्हाल्न ढिलाइ नगर्नुमै आफ्नो कल्याण छ । अरूको मुख ताक्नाले आँटेको काममा पछि परिनेछ। लाभांश अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। गुलाबी रंग तथा दक्षिणतर्फको यात्रा फलदायक छन् । वादविवादबाट टाढै रहनुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भ्रमण खानपान तथा फेसनमा राम्रै धन खर्च हुनेछ । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नगद सापटी लिएका साथीहरूले समयमै रकम फिर्ता नगर्दा आर्थिक समस्या आइलाग्न सक्छ ।  पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। कार्यक्षेत्रमा देखाइने उत्ताउलोपनका कारण विवादित भइनेछ, संयम अपनाउनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

खानपानको फेरबदलका कारण शारीरिक दुर्बलता देखा पर्न सक्छ । प्रशंसा गर्नेहरू भित्रभित्रै डाह गर्न थाल्नेछन । संयम एवं बोलीको मधुरताले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउन सहयोग गर्नेछन् । धेरै समय अरूको काममा जुट्नुपर्ला। प्रतीक्षित नतिजा केही कमजोर बन्नाले काम दोहोर्याउनुपर्ला। छोटो समयमै घनिष्ठ हुन खोज्नेहरूसँग टाढा रहनुमै आफ्नो हित छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आर्थिक पक्ष सबल रहनेछ भने मानसिक तनाव उत्साहमा परिणत होला । साँझ तथा बिहानीको समयमा योग, ध्यान एवं भ्रमण गर्न सके शारीरिक ऊर्जा प्राप्त हुनेछ । साझेदारबीच व्यवसायिक विवाद देखा पर्दा, अभिभावकको सुझावले महत्वपुर्ण भूमिका खेल्नेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। साताको अन्त्यमा दोषारोपण गर्नेहरूले समेत प्रशंसा गर्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रियजनसँगको आक्रोशित व्यवहारले आपसी दूरी बढाउनेछ । संयम एवं धैर्यता कायम राख्नुहोला । नजिकका नातेदारले आफ्ना भनाइ तथा व्यवहार नसच्याउँदा तिक्तता बढ्नेछ । अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ। व्यवहारिक कठिनाइहरूमा ठूला–बडाबाट सुझाव लिए फाइदै हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

निमन्त्रणमा ढिलो गरी उपस्थित हुँदा साथीभाइहरू चिढिन सक्छन्, समयको ख्याल गर्नुहोला । नयाँ काममा हात हाल्नुपूर्व प्रियजनको सुझाव लिने प्रयत्न गर्नु उपयुक्त हुन्छ । विशिष्ट व्यक्तिको सुझावले सकारात्मक परिणाम दिलाउनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ। साताको अन्त्यमा स्वास्थ्यप्रति ध्यान दिनुपर्नेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आफन्तलाई वचन दिँदा विचार पुर्‍याउनुहोला । काममा अपेक्षित सफलता हासिल गर्न विशेष प्रयत्न गर्नुपर्नेछ । खर्च वृद्धि हुनसक्छ, धनको जोहो गर्न विशेष ध्यान पुर्‍याउनुहोला । मिहिनेत गर्दा सामान्य फाइदा हुनेछ तर आफन्तको भरपर्दा धोका हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। सामाजिक क्षेत्रमा गरिएका कार्यले विपक्षीहरूको षड्यन्त्रलाई निस्तेज तुल्याउनेछ । भोजन तथा दैनिक जीवनचर्यामा अनुशासित रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

कसैको साथ खोज्नु आफ्नो हितमा हुनेछैन । साथीभाइसँग बाहिरी गफगाफमा अल्भिँmदा व्यापार–व्यवसाय समेत चौपट हुन सक्छ । शनिदेवको विशेष आराधना गर्नुहोला । छोटो समयमै निकट हुन खोज्नेहरूसँग सावधानी अपनाउनुहोला । ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। पहेलो रंग प्रयोग गर्दा कतिपय काम सहजै फत्ते हुनेछन् । दु्रत गतिमा सवारी साधन चलाउँदा विपत्ति आइलाग्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । रचनात्मक कार्य गर्न सके अरूको मन जित्न सकिनेछ । काम सम्पन्न गर्ने सिलसिलामा विवाद भए पनि मेहनत खेर जानेछैन । प्रतिफल हात पार्न प्रशस्त प्रयत्न गर्नुपर्ला । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। वैदेशिक रोजगारी प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

परिवारका सदस्यहरूसँग आर्थिक लेनदेनलाई लिएर विवाद हुन सक्छ, कम बोल्नुमै आफ्नो कल्याण छ । विदेश भ्रमण सार्थक बनाउन थप खर्च गर्नुपर्ला । यात्राका क्रममा भेटिएका मित्रले अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। द्रुत गतिमा सवारी साधन चलाउँदा विपत् आइलाग्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अपरिचित व्यक्तिप्रति विश्वास गर्नाले आर्थिक नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । अनुभव नभएको व्यवसायमा मुनाफा दिलाउन प्रेमिकाले खुलेरै सहयोग गर्नेछिन् । व्यवसायका क्रममा विभिन्न स्थानको भ्रमण गर्नुपर्ने हुन सक्छ । तर, विवादास्पद जिम्मेवारी सम्हाल्नुपर्ला । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। विकट क्षेत्रको यात्रामा विशेष सावधानी अपनाउनुहोला ।

सोसियल मिडियामा सेयर गर्नुहोस !
Loading...