क्रिकेटखेलकुद

साग खेल्ने श्रीलंका क्रिकेट टिमकाे घाेषणा

साग खेल्ने श्रीलंका क्रिकेट टिमकाे घाेषणा

१२ मङ्सिर २०७६ काठमाडौँ: १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको क्रिकेट खेलका लागि १५ सदस्यीय श्रीलंका टिमको घोषणा भएको छ ।

सिनियर टोलिबाट खेलिसकेका युवा खेलाडी कामीन्डु मेन्डिस र आसिता फर्नान्डोलाइ टिममा समावेश गरिएकाे छ ।

सिनियर टिमका तीन खेलाडी राख्न पाउने ब्यवस्था अनुसार श्रीलंकाले मेन्डिसलाइ टिममा राखेकाे हाे ।
कामीन्डु मेन्डिसले श्रीलंकाबाट २ ओडीआई र ४ टि ट्वान्टी खेलेका छन ।

कामीन्डु मेन्डिस टिमकाे उपकप्तानकाे जिम्मेवारी दिइएकाे छ भने आसिता फर्नान्डोले श्रीलंकाको सिनियर टोलिबाट एक दिवसिय क्रिकेट खेलिसकेका छन् ।

महिला तर्फको क्रिकेटको आयोजना पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आयोजना हुनेछ भने पुरुष विधा तर्फको क्रिकेट टियु मैदान किर्तिपुरमा आयोजना हुनेछ ।

पुरुष र महिला दुवै क्रिकेटतर्फ क्रिकेटमा भारत र पाकिस्तान सहभागीत जनाएको छैन ।
नेपाल सहित ५ राष्ट्र बंगलादेश, भुटान माल्दिभ्स र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। बंगलादेश र श्रीलंकाले भने आफ्नो अन्डर-२३ टिम सहभागी गराउदैछ।

सागका लागि श्रीलंकाको टिम :

चरिथ आसालांका (कप्तान), कामिन्डु मेन्डिस (उप कप्तान), दुविन्दु तिलकरत्ने, सचिन्दु कोलोम्वेज र कविष्का अन्जुला, पथुम निसान्का, हसिता बोयागोडा, विश्व चनुरंग, अशीन बन्डारा, शम्मू अशान, निशान माधुष्का, जेहान डानियल, आसिता फर्नान्डो, कलाना परेरा

नेपाली पुरुष टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान (वैकल्पिक – रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *