खेलकुदफुटबल

सर्वाधिक कमाई गर्ने क्लबमा बार्सिलोना, रियल दोस्रो

सर्वाधिक कमाई गर्ने क्लबमा बार्सिलोना, रियल दोस्रो

२९ पौष २०७६ एजेन्सी: स्पेनिस क्लब बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बन्न पुगेको छ । डेलोइट फुटबल मनी लिगले जारी गरेको सर्वेक्षणमा अनुसार बार्सिलोना सर्वाधिक कमाई गर्ने धनी क्लब बन्न पुगेको छ । डेलोइट फुटबल मनी लिगले जारी गरेको सर्वेक्षणमा अनुसार बार्सिलोनाले सन् २०१८/१९ को सिजनको कमाई ७४१.१ मिलियन पाउण्ड रहेको छ । बार्सिलोना पहिलो पटक सर्वाधिक कमाउने क्लब बनेको हो ।

सर्वाधिक कमाई गर्ने क्लबको दोस्रो स्थानमा रियल मड्रिड रहेको छ । जारी सर्वेक्षणमा अनुसार रियलको कमाई ६६७.५ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थान रहेको इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडको कमाई ६२७.१ मिलियन पाउण्ड रहेको छ ।

यस्तै चौंथो स्थानको वायर्न म्युनिखको ५८१.८ मिलियन पाउण्ड रहदा पाँचौं स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) को ५६०.५ मिलियन पाउण्ड रहेको छ । यो सुचिको छैटौं स्थानमा म्यानचेस्टर सिटी, सातौं स्थानमा लिभरपुल, आठौं स्थानमा टोटेनहम, नवौं स्थानमा चेल्सी र दशौँ स्थानमा युभेन्ट्स रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *